जोम भीरमा महको सिकार (तस्बिरहरू)
२०८० साउन ६ गते

सिन्धुपाल्चोक जिल्लाको चाकु भन्ने स्थानबाट २० किलो मिटर पर भोटेकोशी किनारमा ‘जोमभीर’ भन्ने ठुलो चट्टान छ । वैशाख, जेठ महिनामा यहाँ नजिकै बस्ती बाट एक समूह आएर भीरमा भएका मौरीका घारहरूबाट मह काढिरहेका हुन्छन् ।
भोटेकोशी गाउँपालिकाका स्थानीयहरू बर्सेनि यही मह काढेर आफ्नो जीविकोपार्जन गरिरहेका छन् । यो वर्षको अन्तिम जेठ तिर पनि ६७ जनाको समूह मह काढ्न गएको क्षण हामीले आफ्नो क्यामेरामा कैद गर्न पायौ ।
भीरमह काढ्दा धेरै सावधानी अपनाउनुपर्छ । थोरै असावधानी भए ज्यानै जान सक्छ । औषधिजन्य गुण भएको भिरमौरीको महको बजारमा ठूलो माग छ । हाल बजारमा कम्तीमा तीन हजार ५०० रुपैयाँ लिटरमा भीरमौरीको मह बिक्री हुने गरेको पाइन्छ ।

स्कन्द गौतम/नेपाल फोटो लाइब्रेरी
२०८० साउन ६ गते
प्रतिक्रिया
सम्बन्धित








