कांग्रेस रूपान्तरण अभियानले पार्टीलाई २१ बुँदे प्रतिवेदन बुझायो
२०८० साउन २ गते

काठमाडौँ । नेपाली कांग्रेसको रूपान्तरण अभियानले पार्टीलाई २१ बुँदे प्रतिवेदन बुझाएको छ ।
मंगलवारको पार्टी केन्द्रीय कार्यसमिति बैठकअघि अभियानलेपार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत प्रतिवेदन पार्टीलाई बुझाएको हो । प्रतिवेदन बुझाइसकेपछि बोल्दै काँग्रेस नेता गुरु घिमिरेले पार्टीलाई यथास्थितिबाट मुक्त गर्न नसकिने बताए । उनले यथास्थितिले आगामी दिनमा आउनसक्ने चुनौतीको सामना गर्न काँग्रेसले नसक्ने बताए । उनले नेपाली काँग्रेसलाई आन्तरिक रूपबाटै सुदृढ बनाएर विभिन्न आयामहरूमा देखिएका विभिन्न खाले समस्याहरूलाई समाधान गरेर पार्टीका अवयवहरूलाई क्रियाशील र गतिशील बनाउन सकिने बताए ।
उनले भने ‘हामीले विगत जेठ महिनाभर देशव्यापी रूपमा पार्टी रूपान्तरण अभियान सञ्चालन ग¥यौँ, काँग्रेसको मौजुदा स्थितिको बारेमा हामीले आफूलाई लागेको कुरा पार्टीलाई यथास्थितिबाट मुक्त गर्न सकिएन भने पार्टीले आगामी चुनौती सामना गर्न सक्दैन । पार्टीका आन्तरिक अव्यवस्थाहरूलाई हटाउन सकेनौँ भने हामी अघि बढ्न सक्दैनौँ । मूलतः नेपाली काँग्रेसलाई आन्तरिक रूपबाटै सुदृढ बनाएर विभिन्न आयामहरूमा देखिएका विभिन्न खाले समस्याहरूलाई समाधान गरेर पार्टीका अवयवहरूलाई क्रियाशील र गतिशील बनाएर पार्टीका भ्रातृ सङ्गठनलाई व्यवस्थित बनाइ समग्र रूपबाट पार्टीको रूपान्तरण गर्न सकेनौँ भने नेपाली काँग्रेसका आउने चुनौती हामीले समाधान गर्न सक्दैनौँ । हामीले पार्टी सभापतिलाई बुझाउने कोसिस गरेका थियौँ, पार्टी सभापतिको अवस्थाका कारण हामीले भेट गर्न सकेनौँ, तर पार्टी मुख्यसचिवमार्फत बुझाएका छौँ ।’
कांग्रेस रूपान्तरण अभियानले गत जेठ ११ देखि ३१ गतेसम्मसातै प्रदेशमा भेला गरेका थिए ।
२०८० साउन २ गते
प्रतिक्रिया
सम्बन्धित








