शरणार्थी प्रकरणमा १५ लाख धरौटीमा छुटेका तुलाधर बालुवाटार जग्गा प्रकरणमा पक्राउ

शरणार्थी प्रकरणमा १५ लाख धरौटीमा छुटेका केशव तुलाधर बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका छन्। जिल्ला अदालत काठमाडौंबाट १५ लाख धरौटी बुझाएर छुटे लगतै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको हो।

गत बिहीबार काठमाडौं प्रहरी परिसरले नक्कली शरणार्थी प्रकरणमा फरार रहेका तुलाधरलाई पक्राउ गरेको थियो। जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले आइतबार उनीसँग १५ लाख धरौटी माग गरेको थियो।

तुलाधारको नाममा ललिता निवासको २ रोपनि जग्गा देखिएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए। तुलाधार पक्राउ परेसँगै बालुवाटार जग्गा प्रकरणमा २० जनाको थुनछेक आदेश भएको छ।

यी मध्ये तुलाधरसहित ३ जना धरौटीमा छुटेका छन्। तुलाधर १५ लाख, टंक गुरुङ १० लाख र लक्ष्मी महर्जन ५ लाख धरौटीमा छुटेका हुन्। अरु १७ जना भने पुर्पक्षका लागि थुनामा छन्।

११ जना भने अझै फरार छन्। प्रहरीले बालुवाटार जग्गा प्रकरणमा दोस्रो चरणको अनुसन्धान थाल्ने भएपनि महिनौं बित्दा पहिलेकै प्रतिवादी पक्राउ गर्न सकेको छैन।

अझै रामबहादुर थापा बादलका छोरा प्रतिक, इन्द्रजि राइका छोरा निरज लगायत फरार छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − one =