दुई, तीन दिनमै मिटरब्याजी बिरुद्धको विधेयक पारित हुन्छः मन्त्री गुरुङ

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले दुई/तीन दिन भित्र नै मिटरब्याजी बिरुद्धको विधेयक पारित हुने दाबी गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले मिटरब्याजी पीडकलाई कानूनमा ल्याउँदा अध्यादेश फेल गराइ प्रतिष्थापन विधेयक आउन नदिने षड्यन्त्रहरु भइरहेको आरोप लगाए ।
उनले नुचित लेनदेनको विधेयक अघि बढाउने क्रममा सिंगै काँग्रेस अघि बढ्ने बताए । उनले इफ बट केही नभनी यही संसदबाट दुई, तीन दिनभित्र विधेयक पारित गर्ने बताए । उहाँले देश र जनताको बिरोधी भ्रष्टाचार र भ्रष्टाचारी भएकाले सरकारले सुशासन र भ्रष्टाचारबिरुद्ध अघि बढीरहेको बताए ।
उनले सरकारको एउटै मिसन सुशासन स्थापना गर्ने, र जनतालाई डेलिभरी दिनेकुरा रहेको बताए । उनले भ्रष्टाचारका कुरामा सरकारले कुनै जात, धर्म, लिङ्ग, वर्ण, राजनीतिक पार्टी नचिन्ने बताए ।
उहाँले भन्नुभयो, ‘आज देश र जनताको बिरोधी को ? व्यवस्था हो ? होइन, व्यवस्था हामीले प्राप्त गरिसकेका छौँ, तर नेपाली जनताको अवस्था किन बदल्न सकेनौँ ? अवस्था बदल्न नसक्नुको कारण नेपाल्ी जनताको बिरोधी शक्ति भनेको भ्रष्टाचार र भ्रष्टाचारी नै हो, हामी त्यसैगरी लड्छौँ, रगत बगाउन तयार छौँ, भ्रष्टाचारीहरुका बिरुद्धमा, भ्रष्टाचारीको मुख हेरिने छैन । हाम्रो सरकारको एउटै मिसन हो, सुशासन स्थापना गर्ने, र जनतालाई डेलिभरी दिनेकुरा हो । जनतालाई सुशासन दिनका लागि पनि भ्रष्टाचारका फाइलहरु खोल्दै जाने, जो जो पर्छ पर्दै जान्छन्, कानूनले यो वा त्यो भन्दैन, कुनै जात, धर्म, लिङ्ग, वर्ण, राजनीतिक पार्टी चिन्दैन, त्यही आधारमा अघि बढ्नेछौँ । त्यही मिसनमा सरकार अघि बढीरहेको छ । त्यसैले सरकारले आज भ्रष्टाचारका फाइल खोल्दै गर्दा सरकार ढल्छ भन्ने सुनेको छु, आज मिटरब्याजी पीडकलाई कानूनमा ल्याउँदा अध्यादेश फेल गराइ प्रतिष्थापन विधेयक आउन नदिने षड्यन्त्रहरु भइरहेका छन् । यो र त्यो नाउँमा मिटरब्याज अनुचित लेनदेनको विधेयक अघि बढाउने क्रममा सिंगै काँग्रेस अघि बढ्छ । मलाई अनुचित लेनदेनको विधेयक जसरी पनि पारित गर्ने हो तिमी अघि जाउ भनेर पार्टी सभापतिले भन्नुभएको छ । त्यसैले पनि हामी सिंगै काँग्रेस एक ठाउँमा छौँ । इफ बट केही लाग्दैन, अब यही संसदबाट यो विधेयक दुई, तीन दिनभित्र हामी पारित गरेर अघि बढ्छौँ, कुनैपनि मिटरब्याजी पीडिकलाई छोड्दैनौं ।’
मन्त्री गुरुङले भ्रष्टाचारका फाइल खोल्दा सरकार ढल्छ भन्ने भ्रम फैल्याइएको बताए ।








