बढेन गण्डकीको बजेट खर्च

पोखरा । गण्डकी प्रदेशको बजेट खर्च यो वर्षपनि बढ्न सकेन । चालू वर्षमा ६६ प्रतिशत मात्रै बजेट खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । ३५ अर्ब ९० करोडको बजेट ल्याएको गण्डकीले २३ अर्ब ७२ करोड मात्रै खर्च गरेको छ ।

चालुतर्फ ८ अर्ब ४५ करोड र पुँजीगत तर्फ १५ अर्ब २६ करोड खर्च भएको लेखा नियन्त्रक अशोक कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार वित्तीय व्यवस्था तर्फको खर्च भने हुन सकेको छैन । सरकारले कुनै आन्तरिक ऋण, व्याज तिर्न वा शेयर लगानी गर्न वित्तीय व्यवस्था गर्ने गर्छ ।

चालू वर्षमा ऋण तिर्नुपर्ने कुनै रकम लिएको थिएन । सरकारले कतै शेयर पनि लगानी गरेन । धौवादी फलाम कारखाना, गण्डकी गाई फार्म लगायतमा लगानी गर्ने सरकारी तयारी थियो । तर शेयरको स्पष्ट खाका नआएका कारण कार्यक्रम अघि बढ्न सकेको छैन । गाई फार्म भने सञ्चालनको सुरुआतमै विवादित बन्यो ।

चालू वर्षका लागि चालुतर्फ १२ अर्ब ५५ करोड र पुँजीगततर्फ २२ अर्ब ८५ करोड बजेट विनियोजन गरेको थियो । ८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य लिएको सरकारले यो वर्ष झनै टिठलाग्दो खर्च ग¥यो । हालसम्म कुनैपनि वर्षमा ८० प्रतिशत खर्च पुगेको छैन ।

सरकार सञ्चालनमा आएदेखि सबैभन्दा बढी आव २०७७/०७८ मा ७३ प्रतिशत बजेट खर्च भएको छ । सबैभन्दा कम आव २०७५/०७६ मा ५८ प्रतिशत खर्च भएको छ । यसबाहेक आव २०७६/०७७ मा करिब ६४ प्रतिशत, अघिल्लो आव २०७८/०७९ मा साढे ७० प्रतिशत खर्च भएको छ ।

तर ८० प्रतिशत भन्दा बढी खर्च गर्ने पैसा भने सरकारसँग छैन । २ अर्ब रुपैयाँ ऋण लिने गरी बजेट निर्माण भएपनि ऋण लिने कानून सरकारले बनाएको छैन । संघ सरकारले दिने अनुदान समेत घट्यो भने आन्तरिक आम्दानी पनि लक्ष्य अनुसार गर्न सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *