नाइट क्लबका सञ्चालक र बाउन्सर कुट्ने गुण्डाको समूह पक्राउ

काठमाडौंको ठमेलमा नाइट क्लब सञ्चालक र बाउन्सरमाथी कुटपिटमा संलग्न गुण्डाको समूह पक्राउ परेको छ। प्रहरीले गुण्डा सानुभाइ भनिने युवराज गुरुङसहित ५ जनाको समूहलाई पक्राउ गरेको हो।
सानुभाइसँगै पक्राउ पर्नेमा टोखाका ३३ वर्षीय विक्रम अधिकारी, तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ, तनहुँ, दमौलीकै ३० वर्षीय सुरज कायस्थ र नुवाकोट पञ्चकन्या- ५ का कमल तामाङ छन्।
उनीहरुले केहीदिन अघि ठमेलको नाइट क्लब ओम्नियामा प्रवेश गरेर सञ्चालक र बाउन्सरलाई कुटपिट गरेका थियो। कुटपिट पछि फरार रहेको उक्त समूहलाई प्रहरीले पोखरादेखि पिछा गर्दै ल्याएर पक्राउ गरेको काठमाडौं परिसरका एक अधिकारीले जानकारी दिए।
असार १५ गते क्लबमा प्रवेश गरेका उनीहरुले सञ्चालक राजेन्द्र गुरुङ र बाउन्सरमाथी कुटपिट गरेका थिए।
युवराज गुरुङको समूहका विनोद लामा, रघु लामा, कमल लामा, निरु भन्ने निरज गुरुङ र विश्व लामाले क्लबका सञ्चालक र बाउन्सरमाथी कुटपिट गरेको भन्दै प्रहरी बृत्त सोह्रखुट्टेमा जाहेरी पनि दिएका थिए।
कुटपिटमा संलग्न विनोद लामा र रघु लामालाई घटना लगतै सोह्रखुट्टे बृत्तले पक्राउ गरेको थियो। युवराजसहित चार जना भने फरार फरार थिए।








