बालुवाटार पुगेर अमेरिकी विदेशमन्त्री लुले दिए सीतालाई श्रद्धाञ्जली

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जीवनसङ्गिनी सीता दाहालको निधनप्रति सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुधबार सीताको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका हुन्।
आज मात्रै नेपाल भ्रमणमा आएका संयुक्त राज्य अमेरिकाको दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु र यहाँस्थित अमेरिकी राजदूत डिन आर थम्पसनले पनि दिवङ्गत सीताको तस्बिरमा माल्यापर्ण गर्दै श्रद्धाञ्जली अर्पण गरे।
त्यसअघि अर्थमन्त्री डा प्रकाशशरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, शहरी विकासमन्त्री सीता गुरुङले प्रधानमन्त्री प्रचण्डलाई भेटेर समवेदना प्रकट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेता डा शशाङ्क कोइरालालगायतका नेता तथा कार्यकर्ता पनि प्रधानमन्त्री निवास बालुवाटार पुगेर श्रद्धाञ्जली अर्पण गरे।
यस्तै, नेकपा ९एमाले० का उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलगायतका शीर्ष नेताले पनि प्रधानमन्त्री प्रचण्डलाई भेट गरी समवेदना प्रकट गरे। कर्णाली प्रदेशका प्रमुख तिलक परियार, मुख्यमन्त्री राजकुमार शर्मा, नेकपा९माओवादी केन्द्र०का उपमहासचिव जनार्दन शर्मा, नेता हितराज पाण्डेले पनि शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे।
नेकपाका महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सो पार्टीका शीर्ष नेताहरु, सांसद सोभिता गौतमलगायतले पनि प्रधानमन्त्री र उहाँको परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन्।  प्रधानमन्त्रीको सचिवालयका अनुसार पाँच हजार बढी नागरिकले पनि प्रधानमन्त्री पत्नी सीताको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरे। प्रधानमन्त्रीको सचिवालयका अनुसार यहाँस्थित जापान, मलेसिया, स्वीटजरल्याण्ड, म्यानमार, थाइल्याण्ड, पाकिस्तान, इजिप्ट, भारत, बेलायत, जर्मनी, अष्ट्रेलिया, नर्वेलगायतका मुलुकका राजदूत एवं प्रतिनिधि, संयुक्त राष्ट्र सङ्घका आवासीय प्रतिनिधिलगायतले पनि प्रधानमन्त्री र उनको परिवारलाई भेटेर समवेदना प्रकट गरेका थिए।
साथै उनीह्रूले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीको सचिवालयले समवेदना प्रकट गर्न आउने शुभेच्छुकका लागि बिहिबार र आज शुक्रबार बिहान ८ः०० देखि १० बजेसम्म र अपराह्न ४ः०० देखि साँझ ६ः०० बजेसम्मका लागि समय निर्धारण गरेको थियो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =