सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने, प्रधानमन्त्री पुगे नर्भिक
२०८० असार २७ गते

काठमाडौँ । दिवङ्गत सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समेत रहेकी दाहालको ८ बजेर ३३ मिनेट जाँदा निधन भएको हो । पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान ११ देखि १ बजेसम्म केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ ।
उनको आजै दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटाले बताए । दाहालको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उनको परिवार नर्भिक पुगेको छ ।
यो पनि : प्रचण्ड पत्नी सीता दाहालको निधन
२०८० असार २७ गते
प्रतिक्रिया
सम्बन्धित








