पललाई दीपकराजले भने- हिजो भगवान् बनाए आज राक्षस भयौ साथी, विश्वास छैन गाली र प्रशंसा माथि !

काठमाडौँ । अभिनेता दीपकराज गिरीले आफूलाई फेसबुकमा आउने गाली र प्रशंसामाथि विश्वास नभएको बताएका छन् ।

मंगलवार बिहान उनले फेसबुकमा लेखेका छन्, ‘हिजो तिमीलाई भगवान बनाएको पनि देखियो । आज हेर्दा हेर्दै राक्षस भयौ साथी ! त्यसैले विश्वास छैन मलाई यो फेसबुके गाली र प्रशंसामाथि !’

दीपकराजले यो स्टाटस अभिनेता पल शाहको सन्दर्भ र प्रसंगमा लेखेको सहजै अनुमान गर्न सकिन्छ । पल पछिल्लो समय एक अन्तर्वार्तालाई लिएर आलोचित बनिरहेका छन् ।

यो पनि : पल शाहको प्रश्न- मैले रुँदै अन्तर्वार्ता दिनु पर्ने हो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *