एभरेष्ट इन्टरनेशनल मोडेल युएन सम्मेलन आजदेखि काठमाडौँमा सुरु 

काठमाडौँ । अमेरिकी दूतावास काठमाडौँद्वारा यूथ थिन्कर्स सोसाइटी को साझेदारीमा आयोजित, छैटौँ वार्षिक क्षेत्रीय मोडेल युएन सम्मेलन आज देखि काठमाडौँ मा सुरु भएको छ ।
यसमा दक्षिण र मध्य एसियाका १३ राष्ट्रहरूका साथै अन्य बाहिरका राष्ट्रहरूका गरी २०० प्रतिनिधिहरू समावेश हुनेछन् र पाँचवटा संयुक्त राष्ट्र समितिहरू , संयुक्त राष्ट्र महिला , संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम ,संयुक्त राष्ट्र बाल कोष , संयुक्त राष्ट्र सुरक्षा परिषद् को अनुकरण गर्नेछन्।
सम्मेलनमा सहभागीहरूको विविध समूहले आफ्ना अनुभव र विशेषज्ञता साझा गर्दै वर्तमान विश्वव्यापी एजेन्डाहरू छलफल गरिनेछ। साथै, सम्मेलन सान्दर्भिक मुद्दाहरूलाई प्रत्यक्ष रूपमा सम्बोधन गरी प्रतिनिधिहरूले आफ्नो अभिनव नीति सिफारिसहरू प्रस्तुत गरेर समापन गरिने छ ।
सम्मेलन आज देखि ४ दिन चल्ने छ । सम्मेलन युवा तथा खेलकुद मन्त्री  डिग बहादुर लिम्बु र नेपालका लागि अ्मेरिकि राजदूत डिन आर थोम्पसन ले उद्घाटन गरेका थिए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 8 =