बीआरआई परियोजनाअन्तर्गत हालसम्म कुनै योजना अघि बढेका छैनन् : सरकार
२०८० असार २५ गते

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हालसम्म बीआरआई परियोजना अन्तर्गतका कुनैपनि कार्यक्रम नेपालमा सञ्चालन नभएको बताएका छन् ।
सोमवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताएका हुन् । उनले चीन सरकारसँग बीआरआईका लागि नेपालले २०१७ मा सम्झौता गरेको थियो । तर त्यसपछि बीआरआई अन्तर्गत कुनैपनि योजना नेपालमा अघि नबढेको सरकारले बताएको छ । तर पछिल्लो समय चिनियाँ राजदूत छन् सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गतको भएको दाबी गर्दै आएपछि नेपालमा बहसको विषय बनेको थियो । समितिको बैठकमा समिति सदस्यहरूले प्रश्न गरेसँगै मन्त्री साउदले बीआरआई अन्तर्गत हालसम्मका कुनै योजना नेपालमा सुरु नभएको र कार्यान्वयनको सन्दर्भमा अहिले सरकार छलफलमा रहेको बताए ।
उनले भने ‘एमसीसी परियोजना आगामी अगस्ट महिनादेखि कार्यान्वयनको चरणमा जान्छ । कार्यान्वयनको चरणपछि ५ वर्षमा यो पूरा हुन्छ । र एमसीसी एउटा ग्राण्ड भएको हुनाले कार्यान्वयनको चरणमा गइसकेको छ । बीआरआई नेपालमा २०१७ मा नेपालले चीन सरकारसँग एमओयु गरिसकेको छ, यसपछि यसको कार्यान्वयनको सन्दर्भमा हामी थप छलफलको चरणमा छौँ । यो कार्यक्रमअन्तर्गत कुनैपनि योजना नेपालमा सुरु भएको छैन ।’
मन्त्री साउदले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आगामी अगस्ट महिनाबाट कार्यान्वयनको चरणमा जाने बताए ।
२०८० असार २५ गते
प्रतिक्रिया
सम्बन्धित








