आँचलले मलाई केही भनेको छैन, नबुझी गाली नगर्नुस् : दयाहाङ

काठमाडौँ । अभिनेता दयाहाङ राईले आफूलाई अभिनेत्री आँचल शर्माले केही नभनेको बताएका छन् । राईलाई जोडेर सामाजिक सञ्जालमा आएको फेक पोस्ट भाइरल भएपछि उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

‘अभिनेत्री आँचल शर्माले ‘दयाहाङ राईलाई त्यसले मात्र मन पराउँछ जो अशिक्षित र मूर्ख छ’ भन्दै अन्तर्वार्ता दिएको भन्दै सामाजिक सञ्जालमा राखिएको पोस्टमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

आँचलले अहिलेसम्म आफ्नो बारेमा कतै पनि त्यस्तो बोलेको नसुनेको पनि राईले भनेका छन् । ‘एउटा कलाकारले गर्दै नगरेको कुरा गर्‍यो भन्नु र बुझ्दै नबुझी गाली गर्नु दुवै चेतनशील मान्छेले गर्ने कर्म होइनन्’, उनले भनेका छन्, ‘त्यसैले सत्य तथ्य नबुझी आँचल वा जोसुकै कलाकारलाई पनि गाली गलौच नगर्न र त्यस्ता भ्रमपूर्ण सामाग्रीहरू प्रसार नगर्नु हुन सबैमा आग्रह गर्दछु ।’

अभिनेत्री शर्माले आफ्नो चरित्रमा आँच आउने ढंगले समाचार पोस्ट गरेको भन्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् ।

यो पनि : मलाई यातना दिएर सामाजिक सञ्जालमा मेन्टल हेल्थको भाषण दिन बन्द गर्नुस् : आँचल शर्मा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *