मलाई यातना दिएर सामाजिक सञ्जालमा मेन्टल हेल्थको भाषण दिन बन्द गर्नुस् : आँचल शर्मा

काठमाडौँ । अभिनेत्री आँचल शर्माले यातना दिएर सामाजिक सञ्जालमा मेन्टल हेल्थको भाषण दिन बन्द गर्न आग्रह गरेकी छन् । आफूले नगरेको र नभनेको कुरालाई लिएर  यातना नदिन शर्माले आग्रह गरेकी हुन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘गर्दै नगरेको र भन्दै नभनेको कुरालाई लिएर विगत दुई तीनदेखि मैले सामाजिक सञ्जालमा अनेक गाली खाइरहेको छु । यस्ता कुरामा धेरै रियाक्ट नगरूँ भन्दा भन्दै पनि अब चाहिँ म सहनै नसक्ने भएको छु । जजसले जसको उक्साहटमा यो सब गरिरहनु भएको छ, तपाईँहरूको समय सकियो । म कानुनी कारबाहीको बाटोमा जान बाध्य भएकी छु । मलाई यातना दिएर सामाजिक सञ्जालमा मेन्टल हेल्थको भाषण दिन कृपया बन्द गर्नुस् ।’

साथै अभिनेत्री शर्माले आफ्नो चरित्र हत्या हुनेगरी समाचार लेखी फेसबुक पेजमा पोस्ट गर्ने व्यक्ति पहिचान गरी कारबाही गर्न माग गर्दै  प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । अभिनेत्री शर्माले दुईवटा फेसबुक एकाउन्टको नाम उल्लेख गरी शनिबार साइबर ब्युरोमा उजुरी हालेकी हुन् ।

आफूविरुद्ध लेखिएका समाचारका स्क्रिनसटसहित आँचलले फेसबुक पेजहरू https://www.facebook.com/officialRORR / NEB Result & Update विरुद्ध साइबर ब्युरोमा निवेदन दिएकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *