बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
२०८३ असार २७ गते

काठमाडौं । बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ५ जना गम्भीर घाइते भएका छन् ।
दुर्घटना आज बझाङको केदारस्यूँ गाउँपालिका–७ सुगुरेमा भएको हो । जिप सडकबाट करीब ३०० मिटर तल खसेको छ ।
अहिले घाइतको उद्धारका लागि हेलिकप्टर गएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
२०८३ असार २७ गते
प्रतिक्रिया
सम्बन्धित








