हर्क साम्पाङविरूद्धको रिटमा अदालतले दिएन अन्तरिम आदेश

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङविरूद्ध दर्ता भएको रिटमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

धरान खानेपानी व्यवस्थापन बोर्ड व्यवस्थित रूपमा अघि बढ्न नसकेको भन्दै बोर्डका अध्यक्ष रहेका मेयर हर्क साम्पाङ र बोर्ड सचिव राजु पोखरेलविरूद्ध बोर्ड सदस्यहरूले अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए।

उच्च अदालत विराटनगरका न्यायाधीशद्वय कृष्ण कमल अधिकारी र मुरारीबावु श्रेष्ठको संयुक्त इजलासले बुधबार प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

मेयर साम्पाङले एकतर्फी रूपमा कार्य गरिरहेको, विगत एक वर्षदेखि बोर्ड बैठक नराखेको, आर्थिक पारदर्शिता कायम नगरेको रिटमा उल्लेख छ।

यसले आफूहरुलाई पनि समस्या पर्ने सदस्यहरुको दाबी छ।

उक्त रिटमा अदालतको आदेशमा भनिएको छ, ‘निवेदकले माग गरेको उल्लेखित विषयमा अन्तरिम आदेश जारी नहुँदा निजलाई अपुरणीय क्षति हुने अवस्था नदेखिएको र विपक्षीको लिखित जवाफ परी अन्तिम सुनुवाइको क्रममा निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नहुँदा यस अदालतबाट मिति २०८०।२।२६ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु परेन। कानूनबमोजिम गर्नू।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *