संघीयता विरोधीहरू नाटक गर्दैछन्, हामी टुलुटुलु हेरिरहेका छौँ : सांसद बोहोरा

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का सांसद उदयबहादुर बोहोराले आफूहरू संघीयता  विरोधीहरूको नाटक टुलुटुलु हेरेर बस्न बाध्य भएको बताएका छन् ।
मङ्गलवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद बोहोराले संसद भित्र र बाहिर संघीयता विरोधीहरूले नाटक गरिरहेका बताएका छन् । उनले संघीयता विरोधीहरूको नाटक आफूहरू टुलुटुलु हेरेर बसिरहेको भन्दै यसको कारण के हो भनी प्रश्न गरे ।
उनले संघीयता  विरोधीहरूलाई सङ्घीयताको विरोध गर्ने मौका कसले दियो भनी गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताए । सांसद बोहोराले आफूहरूले लेटरप्याडमा लेखेर दिएको योजनाहरू बजेटमा समावेश नभएको तर बिचौलियाहरूले दिएका योजनाहरू समावेश भएका बताए ।
उनले भने ‘आज संघीयता विरोधीहरूले नाटक गर्दैछन् । त्यो सदन भित्र होस् । सदन बाहिर होस् । हामी टुलुटुलु हेरेर बसिरहेका छौँ । यसको कारक को हो ? यो मौका कसले दियो ? पक्कै पनि हामीले गम्भीर भएर यसलाई सोच्नुपर्ने समय आएको छ । हामीले लेटरप्याडमा लेखेर दिएका योजनाहरू समावेश छैनन् । ती बिचौलिया जसलाई हामी भन्ने गर्छौ कहाँ कहाँबाट ती योजनाहरू पर्छन् थाहा हुँदैन । जनप्रतिनिधिहरूलाई थाहासम्म नहुने यो कार्यक्रम कसरी कहाँबाट पर्छ ?’
उनले पुरानो तौरतरिका भन्दा पनि नयाँ तरिकाबाट बजेट आउनुपर्नेमा त्यस्तो हुन नसकेको बताए । विगतकै परम्परा र चिन्तनमा बजेट विनियोजन भएको उनको भनाई छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *