चिनियाँ अधिकारीसँग बीआरआईबारे छलफल भयो : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ चीन भ्रमणका सिलसिलामा चिनियाँ अधिकारीहरुसँग चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ(बीआरआई)बारे छलफल भएको बताएका छन् ।

चीनको पाँच दिन लामो भ्रमण सकेर फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा यस्तो बताएका हुन् । नेपालले बीआरआई परियोजनाबाट लाभ लिने तयारी के छ भनेर चिनियाँ अधिकारीहरुले आफूसँग जिज्ञासा राखेको उनले बताए । नेपालले सन् २०१७ मा बीआरआईमा हस्ताक्षर गरेको थियो । उक्त परियोजनाबाट लाभ लिन चिनियाँ अधिकारीहरुको आग्रह रहेको पनि उनले बताए ।

आफूले भने विकास र समृद्धिका लागि आर्थिक सहयोग वृद्धि गर्न चिनियाँ पक्षसँग आग्रह गरेको उनले बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान पार्टीका प्रमुखले सकारात्मक ढंगले सोच्ने विस्वास समेत व्यक्त गरे ।

उक्त परियोजना कार्यान्वयनको मस्यौदा आदानप्रदान भएको र मस्यौदालाई अन्तिम रुप दिएपछि ठोस प्रोजेक्ट र मोडालिटीबारे टुंगोमा पुग्ने आफूले विश्वास दिलाएको पनि उनले बताए ।

सिचुआन एयरलाइन्सका अधिकारीहरुसँग आफूहरुले सातै दिन छेन्दु–काठमाडौँ उडान गर्न आग्रह गरेको उनले बताए ।

‘छेन्दु–पोखरा र छेन्दु–भैरहवामा व्यवसायिक उडानका लागि अगाडि बढ्नुपर्यो भनेर अनुरोध गर्यौं,’ उनले भने, ‘उहाँहरुले पोखरामा अलि बढी सकारात्मक सोचेको जानकारी गराउनुभएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *