प्रशासन बाहिरको आदेशबाट चलेको छः पूर्वसभामुख ढुंगाना

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले संसदले बनाएको कानून भन्दा बाहिर रहेर प्रशासन चलिरहेको बताएका छन् ।

६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संसदले बनाएको कानूनबाट प्रशासन नचलेको बताए ।

उनले संसदले यसबारेमा ध्यान दिन नसकेको बताए । उनले राजनीतिक पार्टीहरु सत्ताको स्वार्थमा डुबिरहेको बताए । उनले संसदले बनाएका कानून प्रशासनले नमान्नु भनेको संसदको अपमान भएको र अहिले सोही कुरा देखिरहेको बताए ।

उनले भने, ‘कानून किन बनाउनुपर्ने जनप्रतिनिधिले सार्वभौम जनप्रतिनिधिले भने त्यो भन्दा बाहेकको कुनै कारबाही नहोस्, प्रत्यायोजित, निर्देशिका, ऐन, कानून, नियमावली, आदेश केही पनि संसदले बनाएको विधेयक भन्दा टाढा नहोस्, त्योसँग नबाझिने होस् भनेर । तर अहिले म सुन्दैछु, संसदले एउटा कानून बनाउँछ तर अरु अरुकै आदेशबाट प्रशासन चलिरहेको छ । त्यो हेर्ने को हो ? तपाईहरु संसदले हेर्ने होइन । ल हाम्रा पार्टीलाई त सत्तामै फुर्सद भएन । हुनेलाई कसरी मेरो सत्ता बचाउँ, नहुनेलाई सत्तामा जान हतारो । त्यो मात्रै छ । हाम्रो देशको राजनीतिमा अब त प्रदेशमा पनि सरिसक्यो । हामीले बनाएको कानूनलाई छल्ने गरी प्रशासनले जुन जुन आदेश गरेको छ, त्यो संसदको अपमान हो । त्यो हेर्ने को ? हेरिरहनुभएको छ तपाईहरुले । त्यो हेर्नुपर्छ । संसदको कामै छैन, त्यो हेरिँदैन भने । संसदको इच्छा बेगरको कुरा कुनै ऐन, कानूनबाट हुँदैन । त्यही भएर संसदले नै कानून बनाउनुपरेको हो । यहाँ प्रशासनले जे पनि गरिरहेको छ ।’

पूर्वसभामुख ढुंगानाले संसद प्रभावकारी बनाउनका लागि, भ्रष्टाचार घटाउन र सरकारलाई प्रभाकारी बनाउनका लागि काम गर्न जरुरी रहेको बताए । उनले नेपालमा संविधान फाल्ने र अर्को व्यवस्था ल्याउनेतिर धेरै सोच्न जरुरी नरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =