भिजि इम्पेक्स र नबिल बैंकबीच जिडब्लुएम गाडीमा कर्जा सुविधा दिने सम्झौता

काठमाडौँ । जिडब्लुएम गाडीका लागि आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रालि र नबिल बैंक लिमिटेडबीच जिएमडब्लु गाडीमा कर्जा सुविधा दिने सम्झौता भएकाे छ । जिएमडब्लुका इन्टरनल कम्बसन इन्जिन आईसीई सवारीसाधनहरु (हाभल जोलायन, हाभल एच६, पावर, विङ्गल ५) र विद्युतीय गाडी ओरा ०३ काे खरिदमा बैंकले फाइनान्सिङ सुविधा दिने भएकाे हाे ।
भिजी इम्पेक्स– जिडब्लुएम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र नबिल बैंकका हेड अफ रिटेल लेन्डिङ चाँदनी श्रेष्ठले आज सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार ग्राहकले नबिल बैंकमार्फत कुनै पनि जिडब्लुएमका गाडी खरिद गर्दा फाईनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् । नबिल बैंकले आईसीई मोडललाई १२.९० प्रतिशत र ईभीको लागि १२.१५ प्रतिशत ब्याजदरमा ५० प्रतिशतसम्म अटो कर्जा उपलब्ध गराउने भएको छ ।
सम्झौताअनुसार दुवै अवस्थामा ऋणको अवधि भने ७ वर्षको हुनेछ । दुई पक्षबिच भएको सम्झौताले ठूलो संख्यामा अटोमोबाइल प्रेमीले जिडब्लुएम नेपालबाट नै आफूलाई मनपर्ने गाडी सजिलै प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको नबिल बैंक शाखामा गएर आवेदन दिन सक्नेछन् ।
नेपालको सबैभन्दा ठूलो बैंकमध्ये एकसँगको यो सम्झौताले जिडब्लुएमको स्वामित्वलाई सबैका लागि अझ सुलभ बनाउने विश्वास कम्पनीले लिएकाे जनाएकाे छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *