पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

काठमाडौँ । पूर्वाधार निर्माण ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् ।

उनीमाथि बाँके प्रहरीमा ठगीको उजुरी परेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौँमा पक्राउ परेका उनलाई अहिले बानेश्वर प्रहरी वृत्तमा राखिएको छ । उनलाई बाँके नै पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *