बालुवाटार जग्गा काण्ड

मिनबहादुर गुरुङसहित ३ जनालाई हिरासतमा राखेकाेबारे २४ घण्टाभित्र सर्वाेच्चले माग्याे जवाफ

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा अवैध रुपमा पास गर्ने कार्यमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ गरि हिरासतमा राखेकाेबारे २४ घण्टाभित्र जवाफ दिन सर्वाेच्च अदालतले आदेश दिएकाे हाे ।

उक्त काण्डमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिरकुमार साह र धर्मप्रसाद गौतमलाई थुनामा राख्नुकाे कारणबारे अदालतले लिखित जवाफ मागेकाे हाे ।

उनीहरुले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन जिल्ला अदालत काठमाडौँमा दर्ता गरेपछि उक्त रिटमाथि सुनुवाइका लागि उनीहरुलाई अदालत उपस्थित गराउन सर्वोच्चले आदेश दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *