संघीयता सुदृढ गर्न मुख्यमन्त्रीहरुकाे भेला महत्वपूर्ण छ : प्रचण्ड

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयता सुदृढ गर्ने कुरामा मुख्यमन्त्रीहरुकाे बैठकले महत्वपूर्ण निष्कर्ष निकाल्ने बताएका छन् । पाेखरामा सुरु भएकाे मुख्यमन्त्रीहरुकाे भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संघीय निजामती ऐन, शिक्षा ऐन र प्रहरी ऐन यही अधिवेसनबाट पारित गर्ने बताए । उनका अनुसार हालसम्म संघीयता सम्बन्धी ८० वटा कानून निर्माण भएका छन् भने १६५ कानून संशोधन भएको छ ।

उनले उत्साहका साथ जनसेवामा लाग्न आग्रह गरे ।

‘हामीले निराश र कुण्ठा होइन, आशा र विश्वास पैदा गर्नुछ’ उनले भने । प्रचण्डले विभिन्न काण्डहरुको फाइल खोलिएको भन्दै भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भिर भएर लागेको बताए ।

‘नेपालीलाई नक्कली भुटानी शरणार्थीका दोषीलाई कारबाही गरिएको छ भने ललिता निवासको फाइल खोलिएको छ । भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरिएको छ, उनले भने ।

प्रचण्डले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताए ।

‘देशको अर्थतन्त्र क्रमशः सुधार भैरहेको छ । विदेशमा रहेका दुतावासमा श्रम हेल्प डेस्क बनाइएको छ,’ उनले अघि थपे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *