एमालेप्रति मन्त्री गुरुङको कटाक्ष : भोको स्यालले श्राप दिँदैमा हात्ती मर्दैन

काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले वर्तमान सत्ता गठबन्धनको सरकार नढल्ने दाबी गरेका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेप्रति लक्षित गर्दै भोकाएको स्यालले श्राप दिँदैमा हात्ती नमर्ने बताए । एमाले सत्तामा जानका लागि भोकाइरहेको उनको भनाइ छ ।

वर्तमान सरकारले भ्रष्टाचारका ठूला फाइलहरु खोलेपछि सरकार ढल्छ भन्नेजस्ता भ्रम समाजमा फैलाइएको उनले बताए । सरकार सुशासन दिने काममा र भ्रष्टाचार निमिट्यान्न बनाउने कामबाट पछि नहट्ने उनको भनाइ छ ।

उनले भने, ‘हाम्रो पार्टीका श्रद्धेय सभापतिज्युकै पहलमा बनेको मौजुदा सरकारले भ्रष्टाचारका ठूला काण्डको निष्पक्ष छानबिन गरी मुलुकलाई सुशासन दिने काममा लागेको छ । हामी नेपाली जनतालाई भ्रष्टाचारको भुङ्ग्रोबाट निकाल्ने काममा लाग्नेछौँ, यो नै गठबन्धन सरकारको ध्येय हो । एकपछि अर्को भ्रष्टाचारको काण्ड छानबिन गरी हामी सुशासन दिनेछौँ । तब मत्रै विकास निर्माण हुनेछ ।’

मन्त्री गुरुङले नेपाली राजनीतिमा लामो समयदेखि निराशाको बादल मडारिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *