राष्ट्रिय धान दिवसमा कृषि मन्त्री भुसालले रोपे धान (तस्बिरहरु)

काठमाडौँ । २० औँ राष्ट्रिय धान दिवसका अवसरमा शुक्रबार कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुसालले धान रोपेका छन् । कृषि विभागको आयोजनामा राष्ट्रिय कृषि अनुसन्धान परिषद (नार्क)को कार्यालय खुमलटारमा आयोजित रोपाइँ महोत्सवमा उपस्थित भएका मन्त्री भुसालले धान रोपेका हुन् ।

मन्त्री भुसालले सुरुमा हातले धान रोपे भने पछि राइस ट्रान्सप्लानर मेसिन चलाएर धान रापे ।

उक्त मेसिनमा चढेर मन्त्री भुसालले खुमलतारको साढे २ रोपनी क्षेत्रमा खुमल–१० नामको धान रोपेका हुन् । उक्त मेसिनले २० मिनेटमा १ बिघा क्षेत्रफलमा रोपाइँ गर्न सकिन्छ ।

रोपाइँ महोत्सवमा कृषि मन्त्रालय, कृषि विभाग र मातहतका निकाय तथा नार्कका कर्मचारीहरुको उपस्थिति थियो ।

तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *