पशुपतिनाथको ११ किलो सुन कसले खाएको रहेछ ? : अध्यक्ष ओली

काठमाडौँ । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीको सुन आफ्नो विषय नभएको बताए । भरतपुर विमानस्थलमा बिहीबार पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

‘आफू सरकार प्रमुख हुँदा पशुपति क्षेत्र विकास कोषलाई रकम दिने मात्र निर्णय गरेको हो,’ उनले भने, ‘यस विषयमा संसद् र सञ्चारमाध्यममा केही दिन चर्चा भयो । एक जनाले भनेको सुनियो, सुन होइन, पित्तल चढाएको, त्यहाँ पनि भ्रष्टाचार भएको छ । अलिक दिन त्यसले पनि मार्केट पायो । केही दिनपछि ११ किलो सुन कहाँ गयो ? भन्ने प्रश्न आएको भन्दै उनले प्रतिप्रश्न गरे, ‘यो मेरो विषय हो र तपाईंहरुले मलाई सोधेको ?’

पशुपतिनाथमा चढाएएको सुन कसैले खाएकै रहेछ भने पनि त्यो आफूसँग सम्बन्धित विषय नभएको उनले बताए । शिलान्यास गर्नेको नाम जलहरीमा राख्नु अनौठो नभएको उनले बताए ।

१५ असारमा धान दिवस मनाउन यहाँ आएका ओलीलाई धान दिवस मनाउन चितवन नै किन रोज्नुभएको हो भन्ने पत्रकारको प्रश्नमा भने, ‘राम्रो धान फल्ने जिल्ला भन्ने सुनेको छु, कृषिलाई आधुनिकीकरण गर्नुपर्यो, कृषि विश्वविद्यालय यही छ । विश्वविद्यालयले कृषिको विकासका लागि योगदान गर्नुपर्यो ।’

यहाँको जमिन उर्वर भएको भन्दै उहाँले यसलाई अधिकतम प्रयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *