असन्तुष्टिलाई कायम राख्दै बजेट पारित : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफुहरुको असन्तुष्टिलाई कायम राख्दै बजेट पारित गरेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाबाट बजेट पारित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष यादवले आफूहरुको असन्तुष्टिलाई कायम राख्दै बजेट पारित गरेको बताएका हुन् । उनले आफूहरुले राखेको कुरामा अर्थमन्त्रीले सुधार गर्ने भनेपछि अर्थमन्त्रीको कुरा ग्रहण गर्दै बजेट पारित गरेको बताए ।

उनले भने– ‘असन्तुष्टिलाई राख्दै बजेट पारित गरेका छौँ । सरकारले धेरै कुराहरु करेक्शन गर्ने अर्थमन्त्रीले, प्रधानमन्त्रीले बोलिसकेपछि त्यसलाई अनर गर्दै बजेट पास गरेको हो । भ्रष्टाचारलाई न्युनिकरण गर्नुपर्छ एकातर्फ, अर्कोतर्फ भ्रष्टाचार हुने कारण के हो त्यसको पनि निरुपण खोज्नुपर्छ ।’

उनले देशमा भ्रष्टाचारको न्युनिकरण गर्नुका साथै भ्रष्टाचार हुने कारणको पनि निरुपण गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *