रविको नागरिकतालाई सर्वोच्चले दियो वैधता, युवराज सफलको रिट खारेज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतालाई सर्वोच्च अदालतले वैधता दिएको छ ।

लामिछानको नागरिकता अवैध रहेको त्यही नागरिकताका आधारमा निर्वाचनमा खडा भएर सांसद निर्वाचित उनको सांसद पद खारेज हुनुपर्ने मागसहित युवराज सफलले सर्वोच्चमा दायर गरेका रिट अदालतले खारेज गरिदिएको हो । यो संँगै रविको नागरिकताले अदालतबाट समेत वैधता पाएको छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल सदस्य रहेको संवैधानिक इजलासले लामिछानेविरुद्ध सफलले दायर गरेका उक्त रिट बुधबार खारेज गरिदिएको हो ।

विदेशी नागरिकता त्यागेको निस्पा पेश नै नगरी नेपाली नागरिकता लिएको दाबीसहित रविको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्चले गलत ठहर गर्दै खारेज गरिदिएको हो ।

चितवन २ बाट निर्वाचित सांसद लामिछानेको पहिलो अघिल्लो पटकको सांसद पद पनि नागरिकता विवादकै कारण खारेज भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *