उपचारपछि शीतल निवास फर्किए राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल ११ दिन लामो उपचारपछि अस्पतालबाट शीलत निवास फर्किएका छन् । २ असारमा उनी मुटुमा देखिएको समस्याका कारण त्रिवि चिकित्सा शास्त्र अध्ययन स.स्थानस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका लागि भर्ना भएका थिए । उनी बुधबार डिस्चार्ज भई शीतल निवास फर्किएका हुन् ।

५ असारमा पौडेलको मुटुको शल्यक्रिया गरी पेशमेकर राखिएको थियो । निवासमा बेहोस भएपछि त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो ।

चिकित्सकहरुको निगरानीमा विभिन्न परीक्षण र उपचारपछि अवस्था सामान्य भएपछि उनी शीतल निवास फर्किएका राष्ट्रपति कार्यालय जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *