आगामी आर्थिक वर्षको बजेट संसदबाट पारित

काठमाडौँ । प्रतिनिधि सभा संसदमा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयक २०८० पारित भएको छ ।

बजेट पारित गर्न संसदमा पहिलो पटक मतदान भएको हो । मत विभाजन हुँदा पक्षमा १४७ र विपक्षमा १०८ मत परेको हो । संसदमा कायम रहेको २५५ सांसदकाे बहुमतले उक्त विधेयक पारित गरेको हो ।

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि गत जेठ १५ गते सार्वजनिक भएको विनियोजन विधेयक २०८० छलफलपछि पारित गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *