ललिता निवास काण्डका ४ अभियुक्तलाई लगियो सरकारी वकिलको कार्यालय (तस्बिरहरु)

काठमाडौँ । बालुवाटास्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नामा सरकारी लिखत किर्ते गरी पास गर्ने कार्यमा संलग्न भएको अभियोगमा पक्राउ परेका ४ जनालाई सरकारी वकिलको कार्यालयमा लगिएको छ ।

उनीहरुलाई प्रहरीले सरकारी लिखत किर्तेमा अनुसन्धान गर्न हिरासतमा राख्ने म्याद लिनका लािग अदालतमा उपस्थित गराउन सरकारी वकिलको कार्यालय लगेको हो । सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौँमा लगेर उनीहरुलाई म्याद थप गराउने छ ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित उक्त काण्डमा मंगलबार ७ जना पक्राउ परेका थिए । तर, ३ जना छुटेपछि गुरुङसहित बाँकी ४ जनालाइ अदालतमा लैजान लागिएको हो ।

तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *