ललिता निवास प्रकरणमा पक्राउ परेका ४ जनाविरुद्ध सरकारी लिखत किर्तेमा मुद्दा चलाइने

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका ४ जनाविरुद्ध सरकारी लिखत किर्ते गरेको अभियोगमा प्रहरीले मुद्दा चलाउने भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो ।

मुलुकी ऐन २०२० मा सरकारी लिखत कीर्तेमा हद म्यादको व्यवस्था नभएको र त्यसअनुसार नै मुद्दा चलाउन लागिएको एआईजी किरण बज्राचार्यले बताएकी छन् ।

मंगलबार सीआईबीले पक्राउ गरेका ७ जना मध्ये ३ जनाभने छुटेका छन् । विषेश अदालतमा मुद्दा विचाराधीन रहेका बेला आफूहरुमाथि सरकारी कागज कीर्तेमा मुद्दा चलाउन लागेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले २०७९ साउनमा मुलुकी अपराध संहिता २०७४ मा ‘सार्वजनिक लिखत किर्ते गरेको थाहा भएको मितिले २ वर्ष नाघेपछि उजुर लाग्ने छैन’ भनिएकाले उनीहरुलाई पक्राउ नगर्न आदेश दिएको थियो ।

उक्त आदेशकै आधारमा ३ जना छुटेका हुन् । त्यस्तै, अन्य ४ जनालाई आज म्याद थप्न अदालत लैजाने तयारी भएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *