देशका सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले देशका विभिन्न सात क्षेत्रमा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको छ ।

मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले देशका कालिकोटका केही नगरपालिका र गाउँपालिका गरी सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको हो । मंगलबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरुसँग मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशका विभिन्न सात ठाउँमा औद्योगिक ग्राम बनाउने निर्णय गरेको बताए ।

उनले सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यको रुपमा नबराज अधिकारीलाई नियुक्त गरेको पनि बताए ।

उनले भने, ‘उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा देशका विभिन्न ठाउँका सात वटा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय भएको छ । प्रश्तावहरु आएका क्षेत्रहरु कालिकोटका केही नगरपालिका र गाउँपालिकाहरु छन् । नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यको रुपमा नवराज अधिकारी नियुक्त हुनुभएको छ ।’

उनले देशका विभिन्न ठाउँबाट औधोगिक ग्राम स्थापनाको लागि प्रस्ताव आएकाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रश्तावमा यस्तो निर्णय गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *