मेयर बालेनसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध अवहेलना मुद्दामा लिखित जवाफ माग गरेको छ । मेयर शाहले अदालतको अवहेलना गरेको भन्दै मंगलबार परेको रिट निवेदनउपर सुनुवाई गर्दै न्यायाधीश तीलप्रसाद आचार्यको इजलासले मेयर शाहसँग लिखित जवाफ मागेको हो । उनीविरुद्ध अघिवक्ता वर्षाकुमारी झाले रिट दायर गरेकी थिइन् ।

मेयर शाहले काठमाडौँ उपत्यकामा हिन्दी चलचित्र चलाउन रोक लगाउने निर्णयविरुद्ध अन्तरिम आदेश दिएपछि राष्ट्रियताको सवालमा अदालतको आदेश नमान्ने भन्दै उनले सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *