बजेट पास गर्न माओवादीद्वारा आफ्ना सांसदलाई ह्वीप जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पास गर्न आफ्ना दलका सांसदलाई ह्वीप जारी गरेकको छ । माओवादीका मुख्य सचेतक हितराज पाण्डेले पार्टीका सांसदलाई बुधबार अनिवार्य रुपमा संसद बैठकमा उपस्थित हुन र बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा ह्वीप जारी गरिएको पनि उनले जनाएका छन् ।

पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रस्तुत विषयमा भोलि २०८० असार १३ गते बुधबार आव २०८०/८१ को विनियोजन विधेयक (वार्षिक बजेटको विनियोजन कार्यक्रम) निर्णयार्थ प्रतिनिधि सभाको बैठकमा प्रस्तुत हुने कार्यक्रम रहेको छ। त्यसैले भोलि असार १३ गतेको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक ९वार्षिक बजेट०को पक्षमा मतदान गर्नको लागि हाम्रो दलको विधानको व्यवस्था र दल नेता एवं सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन अनुसार यो निर्देशन (ह्वीप)जारी गरिएको व्यहोरा अनुरोध छ।’

पक्षमा मतदान गरी बजेट पास गर्न नेपाली कांग्रेसले पनि आफ्ना सांसदलाई ह्वीप जारी गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *