एमाले र रास्वपाको अवरोधपछि संसद् स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विरोध जनाएपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक सुचारु गर्न प्रयास गरेपनि एमाले र रास्वपा सांसदहरू नबसेपछि बैठक १५ मिनेटको लागि स्थगित गरिएको हो ।

उनीहरूले आउँदो आर्थिक वर्षको बजेटमा प्रस्ताव गरिएको जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय नसच्याएसम्म बैठक सञ्चालन हुन नदिने बताएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले यसमा जवाफ दिनुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *