बजेट संशोधन नभइकन पास हुन्छः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट संशोधन नभईकन पास हुने दाबी गरेका छन् ।
सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले बजेट असार १३ गते कुनैपनि संशोधन बिना पास हुने बताए । उनले आफूले बजेट ल्याउँदा सीमित श्रोत, साधनलाई मध्यनजर गरेर ल्याएको भन्दै उनले आजको वास्तविकतामा बजेट आएको बताए ।
उनले बजेटमा समानता भएन भन्ने सांसदहरूको भनाइ आफूले मागेअनुसारका नआएको भन्नेमा मात्रै सीमित रहेको बताए । उनले बजेटको सीमाभित्र रहेर सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन हुने पनि बताए ।
उनले भने ‘बजेट पास हुन्छ त्यसमा दुई मत नै छैन । थोरै साधन श्रोत, आवश्यकता धेरै यो आजको वास्तविकता हो । आजको सम्भावित श्रोत साधनलाई मध्यनजर गरेर नै बजेट ल्याएको हो । हाम्रो सम्भावित श्रोतलाई मध्यनजर राखेर कति खर्च गर्न सकिन्छ भन्ने हो । अहिले आएको बजेट पुर्याउन पनि धेरै मेहनत गर्नुपर्छ । आवश्यकता अनुसार भएन भनेर विभिन्न किसिमबाट अभिव्यक्ति दिइरहनुभएको छ, यसरी नभनिदिएको भए हुन्थ्यो भन्ने एउटा कुरा हो । तर उहाँहरूले थोरै साधन श्रोतभित्र रहेर मैले गर्नसक्ने गरेको छु । उहाँहरूले आवश्यकता सबै पूर्ति भएन भन्नुभएको हो । बजेटको सीमाभित्र रहेर सम्बोधन गर्ने ठाउँ सम्बोधन हुनेछन् । आएको बजेट नै पास हुन्छ, संशोधन हुँदैन । पहिला नै धेरै सुझाव लिइसकेर बजेट ल्याएका हौँ । विधि भित्र रहेर काम गर्नेछौँ ।’
मन्त्री महतले बजेट ल्याउनुपूर्व नै धेरै छलफल गरेर ल्याइएको भन्दै विधि भित्र रहेर पास हुने बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *