जलहरी प्रकरणबारे छानविन गर्न पशुपतिनाथ मन्दिर पुग्दै अख्तियार टोली

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा भ्रष्टाचार भएको भन्दै विवाद चुलिएपछि त्यसको अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली प्रहरीसहित मन्दिरमा जाने भएकाे छ ।

टोली मन्दिरमा जाने भएपछि त्यहाँ रहेका सबैलाई निकालेर पशुपतिनाथ मन्दिरका चारै ढोका बन्द गरिएको छ । अख्तियार टोली जानुअघि पशुपतिनाथमा मन्दिरमा दर्शन तथा पूजा आरधना गर्न गएका सबै भक्तजनलाई समेत बाहिर निकालिएको छ ।

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले पशुपतिनाथमा जलहरी राख्दा १० केजी ९७६ ग्राम सुनको हिसाब नभेटिएको औँल्याएपछि यो विषयमा विवाद सिर्जना भएको थियो ।

पशुपतिनाथस्थित शिवलिङ्गको गर्भगृहलाई पूर्ण रुपमा ढाक्ने गरी सुनको जलहरी राख्ने काम तत्कालि प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भएको थियो । तर, उक्त प्रकरणमा कुल १०७ केजी ९२४.७४ ग्राम सुन प्रयोग गरिएको भनिएपछि १० केजी सुनको हिसाब नभेटिएको बताइएको थियो ।

अख्तियारकाे टाेली ४ बजे मन्दिरमा पुग्ने बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *