टेलिकमको एफटीटीएच सेवाको माग दर्ता १९८ मार्फत गर्न सकिने

काठमाडौँ । नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार सेवाहरू उपलब्ध गराउने क्रममा मुलुकभर एफटीटीएच सेवाको विस्तार गरेको छ ।
ग्राहकको माग बमोजिम केही स्थानहरूमा यस सेवाको पहुँच स्थापित गर्ने क्रम जारी नै रहेको नेपाल टेलिकमले बताएको छ । सेवाग्राहीहरूको मागलाई मध्यनजर गर्दै यस सेवाको उपलब्धताका सम्बन्धमा निःशुल्क नम्बर १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरी १ डायल गरी) मा डायल गरी ग्राहक सेवा केन्द्रका प्रतिनिधितर्फ आवश्यक जानकारी प्राप्त गर्न एवं सेवाको माग दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ ।
भोलिदेखि एफटीटीएच सेवा प्राप्त गर्न चाहने मुलुकभरका सेवाग्राहीहरूले १९८–१ डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने बताएको छ । ती स्थानहरूमा कम्पनीले यथासम्भव छिटो एफटीटीएच जडान गर्ने बताएको छ । नेटवर्क नभएका स्थानमा सम्भव भएसम्म पूर्वाधार निर्माण गरी एफटीटीएच सेवा उपलब्ध गराउने भनिएको छ । एफटीटीएच सेवामा एउटै फाइबर बाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध रहेको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *