कला जीवनको अभिन्न पक्ष हो : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कला जीवनका विभिन्न आयामहरुको प्रतिबिम्व भएको बताएका छन् ।

शुक्रवारबाट काठमाडौंमा नेपालस्थित बंगलादेशी दुतावासले शुरु गरेको लभ फर ल्याङ्ग्वेज एण्ड कल्चर मेलालाई सम्बोधन गर्दै उनले यस्तो बताए ।

उनले कलाले परम्परा, संस्कृतिलाई प्रतिनिधित्व गर्ने बताए । उनले कलाले पहिचानलाई पनि आफ्नो समाज र विश्वमै सम्प्रेषित गर्ने कामगर्ने बताए । उनले कला जीवनको अभिन्न पक्ष भएको भन्दै कलाको संरक्षण र संवद्र्धन गर्न जरुरी रहेको बताए ।

उनले भने ‘कला वास्तवमा जीवनको विभिन्न आयामहरुको प्रतिविम्व हो । यसले हाम्रो परम्परा, संस्कृतिलाई प्रतिनिधित्व गर्छ । यसले पहिचानलाई पनि आफ्नो समाज र विश्वमै सम्प्रेषित गर्ने काम गर्छ । यसको आफ्नै महत्व छ । जीवनको अभिन्न पक्ष हो कला ।’

मेला असार ८ गतेदेखि १२ गतेसम्म बबरमहलस्थित कला परिषद्मा सञ्चालन हुनेछ । मेलामा नेपाल र बंगलादेशबीचका सम्बन्धका सांस्कृतिक महत्वका चित्रहरु प्रदर्शन गरिनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 7 =