उपराष्ट्रपति कार्यकालयले बजेट पुस्तिका उपलब्ध नगराएपछि संसद् बैठक स्थगित
२०८० असार ८ गते

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को विरोधपछि प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगन भएको छ ।
विनियोजन विधेयक, २०८० को शीर्षकगत छलफलका क्रममा उपराष्ट्रपतिको कार्यालयका लागि खर्च शीर्षक पुस्तिका सांसदलाई उपलब्ध नगराइएको भन्दै विरोध गरेपछि बैठक स्थगित भएको हो ।
बैठकमा एमालेका सचेतक महेश बर्तौलाले कार्यसूचीमा रहेको उक्त निकायको खर्च विवरण प्राप्त नभएसम्म छलफल अघि बढ्न नसक्ने अडान राखेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले कतिपय निकायका शीर्षक प्राप्त नभएको भए पनि बजेटको छलफल समयमै सक्नुपर्ने भएकाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे । तर एमालेले पुस्तिका नआएसम्म छलफल चल्न नदिने अडान दिएपछि बैठक स्थगित भएको छ ।
२०८० असार ८ गते
प्रतिक्रिया
सम्बन्धित








