पोखरा नेपाल-चीन फ्रेन्डसिप ड्रागन बोट ‘रेस’ सुरु

काठमाडाैँ । पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको छ । पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएशनको सहआयोजना यो उत्सव शुक्रबार र शनिबार फेवातालमा हुन लागेको हो ।

शीतनिन्द्रामा रहेको ड्रागनलाई ब्युँझाउन चीनमा २ हजार वर्ष अघिदेखि यो उत्सव मनाउन थालिएको मानिन्छ  । ड्रागनजस्तै देखिनेगरी बनाइएको डुंगा अगाडि बसेर एक जनाले ड्रम बजाउँछन् भने ड्रमको तालमा १० जनाले डुंगा खियाउँछन् । पुछारमा बस्ने एक जनाले डुंगाको दिशा मिलाउँछन् ।

प्रतियोगितामा ४ नेपाली र ४ चिनियाँ टोलीले भाग लिँदैछन् । नेपाल ¥याफ्टिङ एजेन्सिज एशोसिएशन (नारा), फेवा डुंगा व्यवसायी संघ, बेगनास डुंगा व्यवसायी संघ र पोखरा महानगरको टोली नेपालका तर्फबाट प्रतियोगितामा सहभागी हुनेछन् ।

तालमा ५ सय मिटर र २ सय मिटरको दुई विधामा प्रतियोगिता हुनेछ । सहभागी आठवटै टोलीले वरीयताका आधारमा पुरस्कार पाउनेछन् । पहिलो हुने टोलीले ५ लाख ५० हजार/५ लाख ५० हजार पाउनेछन् । पुरस्कारमा ३० लाख रुपैयाँ खर्च हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *