दीपकराज : राणाहरूले देशका लागि गरेका राम्रा कुरा धेरै थिए, जे लेखिन्छ त्यतिमात्रै सत्य कहाँ हुन्छ र ?

काठमाडौँ । कलाकार दीपकराज गिरीले राणाहरूका राम्रा कुरा बाहिर नआएको बताएका छन् । उनले बिहीबार जङ्गबहादुर राणाको जन्म जयन्तीको अवसर पारेर एक स्टाटस लेख्दै यस्तो बताएका हुन् ।

जे लेखिन्छ त्यति मात्रै सत्य नहुने उनको तर्क छ । ‘बच्चैदेखि जहानियाँ राणा शासन, शोषक सामन्ती राणाहरू भनेर पढाइयो, त्यही पढियो त्यस्तै धारणा बनाइयो ! तर जे लेखिन्छ त्यति मात्रै सत्य कहाँ हुन्छ र ? उनले अगाडि भनेका छन्, ‘राणाहरूले देशका लागि गरेका राम्रा कुराहरू पनि धेरै थिए, त्यो कसैले पढाएन, पढिएन पनि !’

एउटा व्यक्तिमा राम्रो र खराब दुवै गुण हुने भएकाले दोस्रो व्यक्तिले दुवै खाले धारणा बनाउने सक्ने कलाकार गिरीले बताए । ‘कुनै पनि व्यक्तिलाई कसैले खलनायक भन्लान् कसैले नायक ! वास्तवमा एउटै व्यक्तिमा नायकत्व पनि हुन्छ र खलनायत्व पनि, बाँकी त सबै आ आफ्नो दृष्टिकोण न हो !!,’ उनी भन्छन्, ‘जे होस इतिहासको बिर्सनै नसकिने महत्त्वपूर्ण एक पात्र जङ्गबहादुर र आज उनको जन्म जयन्ती !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *