पब्जी खेल्ने ५ सदस्यीय नेपाली टोली मकाउ उड्यो

काठमाडौँ । पब्जी मोबाइलमा सहभागी हुन पाँच सदस्यीय नेपाली टोली मकाउ प्रस्थान गरेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टङ्कलाल घिसिङ र सदस्य अञ्जन धमलाले एक कार्यक्रमबीच सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन् ।

सुविनकुमार प्रजापति (रुल्ज) को नेतृत्वमा जाने टोलीका अन्य खेलाडीमा साहस भण्डारी (किलर वाइटी), समिर गुरुङ (ग्यान्टे), दिपेश गुरुङ (डेल्टा) र सङ्गीन भट्टराई (साङ) रहेका छन् । एसियाली खेलकुदको छनोटका रूपमा समेत रहेको पब्जी मोबाइलमा २४ टिमको सहभागिता रहने बताइएको छ । पब्जी मोबाइल यही असार ८ देखि ११ गतेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा सदस्य-सचिव घिसिङले नेपालमा पनि ई-स्पोर्ट्सको लोकप्रियता बढ्दै गएको धारणा व्यक्त गर्दै परिषद्मा दर्ता भएका अन्य खेलसरह यो खेललाई पनि अभिभावकत्व प्रदान गरिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *