प्रेम चलाउनेलाई आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने निर्णय खारेज हाेस् : योगेश भट्टराई

काठमाडौँ । नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेविरुद्ध लगाइएको मुद्दा फिर्ता लिने निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।

उपप्राध्यापक चलाउनेविरुद्ध ज्यान गर्ने उद्योग अन्तरगतको मुद्दा काँग्रेस निकट विद्यार्थी सङ्गठनमा आबद्ध नविसंघका विद्यार्थीहरूले खेपिरहेका थिए । सो मुद्दा फिर्ता गर्ने निर्णय गरेर सरकारले दण्डहीनता निम्त्याएको उल्लेख गर्दै त्यसलाई तत्काल खारेज गर्न सचिव भट्टराईको सरकारसँग माग थियो ।

उनले सदाचारको पक्षमा सधैँ उभिने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो मुद्दा फिर्ता लिने निर्णयमा कसरी हस्ताक्षर गर्न सक्नु भयो ? भनी प्रश्न समेत गरे ।

बुधवार प्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले देश बनाउने जिम्मेवारी पाएको काँग्रेस र एमाले जस्ता ठूलो पार्टीका प्रतिनिधिहरूले नै मुलुकमा दण्डहीनताको स्थिति सृजना गर्ने काम गर्न नहुने बताए।

सचिव भट्टराईले भने, ‘प्लीज, तपाईँले यो निर्णय फिर्ता लिनुस् । र, तपाईँले आफ्नो पुरानो प्रतिवद्धता, मान्यता हो । त्यसमा उभिनुस् । त्यसले नै हामी जुन पार्टीलाई प्रतिनिधित्व गरिरहेका छौँ नेपाली काँग्रेस, नेकपा एमाले । यस्ता ठूला राजनीतिक दलहरूले नै यस्ता बेथितिहरूको, दण्डहीनताको स्थिति तपाई–हामीले नै सृजना गर्ने हो भने यो देश कसले बनाउँछ ? यदि तपाई–हामी नै त्यो गर्ने हो भने यो देश कसले बनाउँछ । यो देश कर्ता जाँदैछ ? यो व्यवस्था, यो संविधान हामीलाई समर्थन गरेर आम जनताले दिएको त्यो अपार विश्वास, हिजोको लोकतान्त्रिक आन्दोलनहरूको दिएको साथ होस् । यदि हामीले त्यसमाथि खेलबाड गर्छौ भने यो देश वास्तवमा गलत दिशातिर जान्छ । त्यसकारण आज म पहिलो त्यो कुरा राख्न चाहन्छु सभामुख महोदय । ’

सचिव भट्टराईले जनताको विश्वासमाथि खेलबाड गर्ने छुट सरकारलाई नभएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − six =