माग्ने बुढाको कमेन्टमा दीपकराजको जवाफ- स्टाटस नै लेख्या भए अझ बढी लाइक आउँथ्यो बाबु !

काठमाडौँ । काठमाडौँका मेयर बालेन शाहका अभिव्यक्तिको कम समर्थन र बढी विरोध गरिहरेका कलाकारमा दीपकराज गिरी अहिले गालीका सिकार भइरहेका छन् । यसैमाथि सहकर्मी माग्ने बुढा (केदारप्रसाद घिमिरे)को कमेन्टमा जवाफ दिएपछि उनी झन् आलोचित भएका हुन् ।

उनले पछिल्लो पटक एउटा पोस्ट गरे- ‘एउटा भाइले भने ‘दाइ फेसबुक हेर्नु भो, तपाईँले गाली खाइ रहनु भा छ ! मैले भनेँ- ‘होइन भाइ कसैले गाली दियो होला, तर मैले खाएको छैन ! शुभ प्रभात !!’

यो पोस्ट गिरीकै ‘आदिपुरुष’ सम्बन्धित पोस्टमा आएको गालीलाई लिएर थियो । यही पोस्टमा माग्ने बुढाले कमेन्ट गरेका छन् । ‘छिमेकी र बाउको झगडा पर्‍या बेला छिमेकीलाई फाइदा पुग्ने गरी बोल्दा दाजुभाइको एक-दुई मुक्का भेट्नु सामान्य कुरा हो ।’

अब दीपक पनि के कम । फर्काई हाले जवाफ- ‘केदार प्रसाद घिमिरे, वाउ एनोदर पपुलिस्ट कमेन्ट फ्रम माई ब्रदर !!! स्ट्याटस नै लेख्या भए अझ बढी लाइक आउँथ्यो बाबु !’

यी पोस्ट र प्रतिक्रियालाई लिएर सामाजिक सञ्जालमा टीकाटिप्पणी भइरहेको छ । कतिले भने यही कारण ‘छक्का पञ्जा’ समूहको अर्को फिल्ममा केदार नपर्ने पो हुन कि भन्ने चिन्तासमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *