दीपकराजको स्टाटसमा माग्ने बुढाको कमेन्ट- छिमेकी र बाउको झगडामा छिमेकीका पक्षमा बोल्दा मुक्का खाइन्छ

काठमाडौँ । कलाकार दीपकराज गिरी अहिले काठमाडौँको मेयर बालेन्द्र साहको विरोधमा देखिएका छन् । उनी कहिले बृहत् नेपालको विरोध गर्छन् त कहिले आदिपुरुषलाई लिएर बालेनले गरेको पोस्टको घुमाउरो तरिकाले विरोध गर्छन् ।

यही क्रममा उनले पछिल्लो पटक एउटा पोस्ट गरे- ‘एउटा भाइले भने ‘दाइ फेसबुक हेर्नु भो, तपाईँले गाली खाइ रहनु भा छ ! मैले भनेँ- ‘होइन भाइ कसैले गाली दियो होला, तर मैले खाएको छैन ! शुभ प्रभात !!’

यो पोस्ट गिरीकै ‘आदिपुरुष’ सम्बन्धित पोस्टमा आएको गालीलाई लिएर थियो । यही पोस्टमा माग्ने बुढाले कमेन्ट गरेका छन् । ‘छिमेकी र बाउको झगडा पर्‍या बेला छिमेकीलाई फाइदा पुग्ने गरी बोल्दा दाजुभाइको एक-दुई मुक्का भेट्नु सामान्य कुरा हो ।’

अब दीपक पनि के कम । फर्काई हाले जवाफ- ‘केदार प्रसाद घिमिरे, वाउ एनोदर पपुलिस्ट कमेन्ट फ्रम माई ब्रदर !!! स्ट्याटस नै लेख्या भए अझ बढी लाइक आउँथ्यो बाबु !’

यी पोस्ट र प्रतिक्रियालाई लिएर सामाजिक सञ्जालमा टीकाटिप्पणी भइरहेको छ । कतिले भने यही कारण ‘छक्का पञ्जा’ समूहको अर्को फिल्ममा केदार नपर्ने पो हुन कि भन्ने चिन्तासमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *