शैक्षिक मेलामा महानगरको हस्तक्षेपविरुद्ध ३० करोड क्षतिपूर्ति माग्दै उच्च अदालतमा रिट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हिसान(हाइयर इन्स्टिच्युसन एन्ड सेकेन्डरी स्कुल्स एशोसिएशन नेपाल)सहितका शैिक्षाक संस्थाले आयोजना गरेको शैक्षिक मेला रोकेको भन्दै त्यसविरुद्ध आयोजक संस्था अदालत पुगेको छ । महानगरले विना पूर्व जानकारी मेला रोकिएपछि न्यायका लागि अदालत पुगेको हिसान अध्यक्ष रमेश सिलवालले आइतबार पत्रकार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । उनका अनुसार हिसानले ४ दिनदेखि रोकिएको मेला आयोजनाको क्षतिपूर्ति स्वरुप ३० करोड रुपैयाँ महानगरले उपलब्ध गराउनु पर्ने र तत्काल मेला सञ्चालन गराउनु पर्ने मागसहित उच्च अदालतमा रिट दायर गरेको हो ।

यही विषयमा जानकारी दिए आइतबार मेला स्थल भृकुटीमण्डपमै निजी शैक्षिक संस्थाको साझा सञ्जालले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनमा बोल्दै हिसान अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।

पत्रकार सम्मेलनमा विज्ञप्ति वितरण गर्दै सञ्जालले महानगरको हस्तक्षेप ज्यादतीपूर्ण भन्दै निन्दा गरेका छन् ।

उच्च शिक्षा अध्ययनका तयारी गर्दै गरेका विद्यार्थी तथा उनीहरुका अभिभावकलाई सुसूचित गर्न मेलाको आयोजना गर्न खोजिएको भए पनि महानगरले विद्यार्थी अभिभावकलाई उक्त अधिकारबाट बञ्चित गराएको उनीहरुको आरोप छ ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मेला उद्घाटन गरेको केही समयपछि नै महानगरका प्रहरीले मेलास्थलको बिजुली काटेर भृकुटी मण्डपको मेला स्थलमा ताला लगाएको थियो ।

मेला आयोजक हिसानसहित प्याब्सन, एन प्याब्सन, स्वास्थ्य विज्ञान तथा प्रविधि मञ्च, पोखरा विश्वविद्यालयअर्न्तगतको ओपेन, पूर्वाञ्चल विश्वविद्यालयको पीयूक्यान, ईकोन, स्वास्थ्य विज्ञान शिक्षालय संघ (एसिया), निजी प्राविधिक शिक्षालय महासंघले संयुक्त विज्ञप्ति जारी गरेर यस्तो जनाकारी गराएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *