बजेट पास हुन दिँदैनौं : नेम्वाङ

एमाले उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सरकारले संसद्‌मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पारित हुन नदिने बताएका छन्।

पार्टीका मधेस प्रदेशसभा सदस्यहरुलाई प्रशिक्षण दिन शनिबार जनकपुर पुगेका नेम्वाङले सरकारले ल्याएको बजेट भेद्भावपूर्ण रहेको जिकिर गर्दै संसद्बाट कुनै पनि हालतमा पास हुन नदिने बताएका हुन्।

उनले भौतिक मन्त्रालयबाट ५ अर्बको बजेटमध्ये ५१ प्रतिशत बजेट ४ वटा जिल्लामा र बाँकी ४९ प्रतिशत बजेट ७३ जिल्लामा दिनेगरी भेद्भावपूर्ण रुपमा गरिएको बजेटको समर्थन गर्न नसकिने बताए।

उनले भने, ‘भौतिक मन्त्रालयमा ५१ प्रतिशत झन्डै ५ अर्बको बजेट । त्यसमा ३ अर्बमात्रै थियो रे । माग्दा अर्थमन्त्रीले उदारतापूर्वक ५ अर्ब पुर्‍याइदिनुभयो रे । के भयो यो भनेको त ५१ प्रतिशत ४ जिल्लामा छ । यो बजेट देशका लागि हो, यसरी देशका लागि बजेट बनाइन्छ । संघीय संसद्‌मा सत्तापक्षकै सांसदहरुले बोलेको सुन्दा सत्तापक्ष कि प्रतिपक्ष हो थाहा हुँदैन । भेदभावविरुद्धको आगो त्यहाँ छ । यो बजेट पास गर्न दिइँदैन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *