भदौ मसान्तसम्म सडक खन्नेलाई कारबाही

काठमाडौँ । सरकारले आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले बर्खायाममा खनेको सडक झनै बिग्रने भएकाले आउँदो भदौ मसान्तसम्म कुनै पनि सडक नखन्न भनेको हो ।

कार्यालयले यसबारेमा गएको २५ गते सार्वजनिक सूचना नै निकालेर असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको जनाएको थियो । बर्खायाममा धारा, ढल, बिजुली, टेलिफोनलगायतको प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक बिग्रिँदै जाने कार्यालयले जनाएको छ ।

कार्यालयले भदौ मसान्तसम्म सडक खन्ने स्वीकृति नै नदिइने पनि जनाएको छ । कसैले जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन अनुसार कडा कारबाही गर्ने सरकारको चेतावनी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *