अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित
२०८० जेठ ३२ गते

काठमाडौं । साफ च्याम्पियनसिपको तयारीका रूपमा रहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फिलिपिन्ससँग नेपालले हार व्यहोरेको छ ।
फिलिपिन्सको मनिलास्थित रिजाल मेमोरियल रंगशालामा भएको खेलमा फिलिपिन्स नेपालसँग १–० ले विजयी भएको हो । फिलिपिन्सका जार्भे गायोसोले ४९ औं मिनेटमा गोल गरेका थिए ।
कर्नर किकबाट पास पाउँदा उनले गोल गरेका हुन् ।
दक्षिण एसियाको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल फिलिपिन्स गएको हो । अब नेपाल साफ च्याम्पियनसिप खेल्न भारत जानेछ ।
साफमा नेपालको समूहमा भारत, पाकिस्तान र कुवेत छन् ।
२०८० जेठ ३२ गते
प्रतिक्रिया
सम्बन्धित








